त्रिवि शिक्षण अस्पतालले पुनः भोलिदेखि स्वास्थ्य बिमा सञ्चालन गर्ने

0 Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले भोलि अर्थात असार १५ गतेदेखि स्वास्थ्य बिमा पुनः सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा मात्र सुरु गर्ने जानकारी दिएको हो ।

अस्पताल प्रशासनले ओपीडी टिकट वितरणका लागि निश्चित समयसमेत तोकिसकेको छ । सेवाग्राहीले बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म लिन मिल्ने गरी सूचना जारी गरेको हो ।

स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि बिमा कार्यक्रम रोकेको थियो । अस्पतालले ६ महिनापछि ओपीडी सेवा मात्र पुन सुरु गर्न लागेको हो ।

सम्बन्धित समाचार