आज मिति २०८३ साल असार ७ गते आइतबार । सन् २०२६ जुन २१ तारिख । नेपाल संवत् ११४६ । श्रीशाके १९४८ । जेठ शुक्लपक्षको सप्तमी तिथि । आज बेलुकी ४ बजेर ५५ मिनेटदेखि ६ बजेर ३२ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नुहुन अनुरोध छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । तर, आजको दिन कसैसँग वादविवाद र झैझगडाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपानाउनु जरुरी छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण रहनेछ ।
बृष
मित्रजन एवम् दाजुभाइको साथ–सहयोगले विपक्षीलाई तह लगाउन सकिने समय छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा भने सामान्य फाइदा हुनेछ । व्यस्तताका साथै पराक्रम वृद्धि हुनेछ । रोकिएका काम मिहेनतले पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मीथुन
नोकरी एवम् राजनीतिमा संलग्नहरूलाई विशेष लाभ मिल्ने समय छ । मान सम्मान र पद प्रतिष्ठा पाइएला । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । स्वास्थ्य समस्याबाट जोगिन खानपानमा विशेष सजग रहनुहोला । आफ्नो कमजोरीप्रति टीका(टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।
कर्कट
विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । नियमित काममा सहयोगीले साथ दिनेछन् । केही धन र बहुमूल्य धातु संग्रह हुनसक्ने योग छ । पराक्रम र सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ । आरोग्यबल र सुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामथ्र्य वृद्धि होला । इष्टमित्रको सहयोगले रोकिएको काम बन्नेछ ।
सिंह
सामर्थ्य वृद्धि भइ नियमित कार्यमा सफलता मिल्ने समय छ । साहसिक काममा आकर्षण रहला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । तथापि, आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा भने गरिरहनेछन् । उद्योग(धन्दामा राम्रै सफलता हात पार्न सकिने योग छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । रमाइलो यात्रा र मिठो भोजन प्राप्ति हुने देखिन्छ ।
कन्या
नियमित कार्यको बोझ र ब्यस्तता वृद्धि हुने समय छ । घरखर्च बढोत्तरी हुनुका साथै आयआर्जनमा कमी आउने सम्भावना छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्य केही कमजोर रहला । मातृ स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ । समस्यामा आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला । साझेदारीको काम बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्ने देखिन्छ ।
तुला
मिश्रित फलदायी समय छ । महत्वपूर्ण काममा अरूको भर पर्दा असफलता हातपर्न सक्छ, आफ्नै बलबुता लगाउने प्रयास गर्नु उचित हुनेछ । सरकारी कामकाजमा नियुक्तिको सम्भावनाको योग छ । सुखदुःखमा साथ दिने आफन्तजन भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ सावित हुनेछ, तथापि मित्रजनको सहयोगले आंशिक लाभ हुनेछ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
वृश्चिक
विभिन्न अवसरले पछ्याउनुका साथै व्यापार–व्यवसायमा लगानी बढाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । हिम्मतले काम लिन सकिने छ । घर–परिवारमा सुख–समृद्धि वृद्धि हुनेछ भने बुद्धिको उपयोगले शत्रुपक्षबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
धनु
रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने योग पनि छ । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिने तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ला । सामाजिक क्रियाकलापमा संलग्नता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने देखिन्छ ।
मकर
एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहने सम्भावना रहेकोले आजको दिन सफलताको सम्भावना आँकलन गरेरमात्र काममा हात हाल्नु उचित होला । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । दाजुभाइ–दिदीबैनी बीचको सम्बन्ध कमजोर बन्ने योग छ । खराब आचरण भएका व्यक्तिहरू नजिकिएर गलत फइदा उठाउन सक्छन्, सजग रहनुहोला । आम्दानीको तुलनामा आजको दिन खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ ।
कुम्भ
अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय छ । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । तथापि, लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट भने राम्रै लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीन
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने समय छ । टाढिएका आफन्तसँग पुनर्मिलन होला । प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति पाइने योग छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव र सुख वृद्धि हुनेछ । तथापि, धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना रहेकोले सजगताको खाँचो छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।