पटना गाेलिकाण्डमा आरोपित भारतीय विराटनगरको हाेटलमा मृत फेला

0 Shares

विराटनगर । भारतको पटना भारतको केही समय अघि भएको तोडफोड, आक्रमणमा संलग्न भई भारतीय प्रहरीको खोजी सूचीमा रहेका प्रिन्स कुमार विराटनगरमा मृत फेला परेका छन् ।

विराटनगर १० को शुभ होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी केही दिन देखि सो होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनले बिरामीको उपचार गराउन आएको भनेर होटलमा विवरण टिपाएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक प्रिन्ससँग अन्य भारतीहरू पनि सो होटलमा बस्दै आएका थिए । उनीसँग बस्दै आएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक प्रिन्स बिहारमा चर्चित खान सर काण्डका आरोपी भएको बताइएको छ ।

जुनको २ गते बिहारको राजधानी पटना रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र खान ग्लोबल स्टडिजका बिच विवाद भएको थियो । सो विवादलाई लिएर खान ग्लोबल स्टडिज अर्थात् खान सरको कोचिङ सेन्टरमा तोडफोड, झडप र गोली चलेको थियो । सो घटना प्रिन्स कुमार यादवको नेतृत्वमा भएको भन्दै यादव विरुद्ध भारतीय प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता गरेपछि उनी नेपाल भागेर बसपार्क एरिया तिर बस्दैको मोरङका प्रहरी प्रमुख एसपी कोवित कट्टुवालले बताए । उनका अनुसार मुद्दा दर्ता भएपछि नेपाल आएका यादव हिजो राती मृत फेला परेका हुन् ।

मृतक ज्ञान विन्दु एकेडेमीका सञ्चालक रौशन आनन्दका भाइ हुन्। उनले संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका थिए। खान ग्लोबल स्टडीजीमा भएको आक्रमण र तोडफोडको घटनापछि दर्ता भएको मुद्दामा उनी पनि आरोपी रहेकाले भारतीय प्रहरीको खोजी सूचीमा रहेका थिए ।

प्रहरी प्रमुख कट्टुवालले उनीसँगै आएका साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र परिवारलाई बोलाएर शव बुझाउने तयारी भएको बताए ।

सम्बन्धित समाचार