झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

0 Shares

काठमाडौं । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आज बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

 

सम्बन्धित समाचार