0
Shares
काठमाडौं । बितेका २४ घण्टामा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन भएको छ। दुई हजार ५९८ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गर्दा राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको छ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको प्रहरीको भनाई छ।