बजेटप्रति असन्तुष्ट जनाउँदै रास्वपाका सांसद सिंहले भने – डरले शासन चल्छ तर विकास सम्भव छैन

0 Shares

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटप्रति कडा आलोचना गर्दै संरचनागत कमजोरी, आर्थिक असन्तुलन र विकास प्राथमिकतामाथि प्रश्न उठाएका छन् । रास्वपाका सांसद समेत रहेका सिंहले बजेटले सबैपक्षलाई सम्बोधन गर्न नसकेको बताए ।

सभामा बोल्दै उनले बजेटमा व्यक्तिगत आयकर सीमा वृद्धि, स्टार्टअप र सूचना प्रविधि क्षेत्रलाई समेटिएको विषयलाई सकारात्मक पक्षका रूपमा स्वीकार गरे पनि समग्र बजेटले जनताको ठूलो हिस्सामा उत्साह सिर्जना गर्न नसकेको दाबी गरे।

उनले बैंकमा निक्षेप बढ्नुको कारण ऋण प्रवाह सुस्त हुनु र व्यवसायिक वातावरण कमजोर हुनु भएको तर्क गर्दै देशमा ‘डरको वातावरण’ रहेको टिप्पणी गरे। डरले शासन चल्न सक्ने तर विकास सम्भव नहुने उनको भनाइ थियो ।

शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी विद्यालय तथा अस्पतालमा कर लगाउने व्यवस्थाप्रति असन्तुष्टि जनाए। सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढ नगरी निजी क्षेत्रमा कर लगाउनु गलत भएको उनको तर्क थियो ।

सम्बन्धित समाचार