दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किए

0 Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सम्बन्धित समाचार