सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

0 Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तत्कालीन महानिरीक्षक राजु अर्यालले वैशाख १८ गतेदेखि अवकास पाएका छन् ।

सम्बन्धित समाचार