बालेनको डोजर आतंक : थापाथलीमा एक जना सुकुम्बासी नदिमा मृत भेटिए

0 Shares

काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती खाली गर्न आतंक सृजना गरेपछि खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार काठमाडौँ १४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए । सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो ।
‘उनी केही दिनदेखि घर नै आएका थिएनन् भन्ने स्थानीयको भनाई छ । आज कपडाको पोकासहित उनको शव फेला परेको हो,’ एसपी भट्टराईले भने, ‘हामी यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’ यसअघि थापाथली सुकुमबासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन।

थापाथलीबाट विस्थापित सुकुम्बासीलाई र्कीतिपुरको राधाकृष्ण धाममा राखिएको छ । काठमाडौँ सहित देशभर सुकुम्बासीको उठीबास लगाएपछि जनतामा आतंकको भय भएको छ ।

सम्बन्धित समाचार