0
Shares
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा देशभरबाट चार सय १७ बिचौलिया पक्राउ परेका छन् ।
नेपाल प्रहरीले काठमाडौं उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जनालाई गरेको हो ।
पक्राउमध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको र २९६ जना व्यक्तिलाई छानबिनपछि छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले जानकारी दिए ।
बिचौलियारहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटोछरितो प्रभावकारी सेवा प्रवाहलाई सहज बनाउन प्रहरीले भूमिका खेल्दै आइरहेको उनको भनाइ छ ।