रोल्पामा बोलेरो दुर्घटना हुँदा १७ जनाले गुमाए ज्यान

0 Shares

काठमाडौं । रोल्पामा बोलेरो दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको हो । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको थियो । दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार