चक्रपथ विस्तारका लागि नेपाल र चीनबीच सम्झौता, ११ अर्ब अनुदान प्राप्त हुने

0 Shares

काठमाडौँ । काठमाडौँ चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत कलंकी–बसुन्धरा सडक खण्ड निर्माणका लागि नेपाल र चीन सरकारबीच औपचारिक सम्झौता भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सहायता सम्बन्धी समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको हो ।

सम्झौताका मुख्य बुँदाहरू:

विस्तार क्षेत्र: कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक।

चिनियाँ सहयोग: सडक तथा पुल निर्माणका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान दिने ।

पहिलो चरण: यसअघि कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सम्पन्न भइसकेको छ ।

हस्ताक्षर कार्यक्रममा चिनियाँ राजदूत माओमिङले नेपालमा लगानीमैत्री वातावरण बनेमा अझै धेरै चिनियाँ लगानीकर्ताहरू भित्रिन इच्छुक रहेको बताए ।

सम्बन्धित समाचार