बँदेलको आक्रमणमा परी पुरुषको मृत्यु

0 Shares

सर्लाही । जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका १५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को आक्रमणबाट मृत्यु भएको हो ।

बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको छ । जंगली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरेपछि थिङ केही दिनदेखि मकै रेखदेशका लागि खेतमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार