0
Shares
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उपसभामुखमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी उम्मेदवार रूवीकुमारी ठाकुरलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन गर्ने भएको छ।
बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी २५ वर्षीया रूवीलाई नेकपाले पनि समर्थन गर्ने नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
उपसभाखुमका लागि राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ। राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी हुन्।
उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ।