प्रधानसेनापछि सिग्देलले भने– राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर छ

0 Shares

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएका छन् ।

बुधबार तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताएका हुन्।

प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नु पर्ने बताए ।

सम्बन्धित समाचार