कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक्न नहुने भन्दै सांसद् सुहाङ नेम्वाङद्वारा ध्यानाकर्षण

0 Shares

काठमाडौँ । कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाइप्रति एमालेका युवा सांसद सुहाङ नेम्वाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

एमाले सांसद् नेम्वाङ्गले कानुन व्यवसायीहरूलाई नेपाल बार काउन्सिलले जारी गरेको परिचयपत्रका आधारमा सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन बुधबार पत्रलेख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधनमन्त्रीको सचिवालयमा समेत आफूले यसबारे मौखिक जानकारी गराएको सांसद् नेम्वाङ्गले बताए ।

सम्बन्धित समाचार