काठमाडौं । नेकपा एमालेको विशेष महाधिवेशन पक्षधरलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) ले छलफलमा बोलाएका छन् । दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा उनीहरुलाई बोलाइएको हो ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमा सक्रिय एमाले जनसंगठन नेपाल बौद्धिक परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलियाले आफूहरूलाई बोलाएको बताए । कार्यवाहक अध्यक्ष थापाले विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन स्थगित गर्नुपर्ने भन्दै उनीहरूलाई बोलाएका हुन् । एमालेस्रोतका अनुसार, अनुरोधदेखि चेतावनीसम्म दिने तयारी छ ।
आजको छलफलमा थपलियासहित राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई पनि बोलाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरी हिरासतमा लिएपछि विशेष महाधिवेसनको माग गरिएको हो । सरकारले ओलीलाई जेनजी आन्दोलनमा दमन गरेर विद्यार्थीको मारेको आरोपमा पक्राउ गरेको हो ।
ओली हिरासतमा पुगेपछि संसदीय दलको नेता र कार्यबहाक अध्यक्षको जिम्मेवारी बादललाई दिएका छन् । उक्त विषयमा असन्तुष्टी जनाउँदै एमालेमा विशेष महाधिवेसनमा माग भएको नेताहरुले बताएका छन् ।