राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा भट्ट, डेपुटी गभर्नरमा पण्डित

0 Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।

यस्तै राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।

 

सम्बन्धित समाचार