काठमाडौं । डिसहोमका ग्राहकलाई लक्षित गरी गरिएको ठगी प्रकरण डिसहोमको सक्रियता र निगरानीमा तीन जना पक्राउ परेको छ ।
कम्पनीले सञ्चालन गर्दै आएको नियमित फिल्ड अनुगमन आन्तरिक समीक्षा तथा ग्राहकबाट प्राप्त गुनासो र प्रतिक्रिया संकलनको क्रममा केही व्यक्तिहरुले डिसहोमको नाम प्रयोग गरी ग्राहकहरुलाई रकम असुल्ने गतिविधि गरिरहेको विषयमा कम्पनीको ध्यानाकर्षण भएको हो ।
उक्त विषयलाई गम्भीर रुपमा लिदै डिसहोमले आन्तरिक रुपमा आवश्यक तथ्य र प्रारम्भिक अध्ययन गरेर संकलन गरी अध्ययन गरेको थियो। कम्पनीबाट उपलब्ध गराइएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाई संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।
डिसहोमले आफ्ना ग्राहकको सुरक्षा तथा विश्वासलाई उच्च प्राथमिकतामा राख्दै यस्ता गतिविधिहरु विरुद्ध निरन्तर निगरानी र नियन्त्रणका उपाय अपनाउँदै आएको छ ।
कम्पनीका अनुसार ग्राहकबाट प्राप्त प्रतिक्रिया फिल्ड अनुगमन तथा आन्तरिक अडिट प्रक्रियामार्फत यस्ता असामान्य गतिविधिहरु पहिचान गर्न सकिने भएकाले यस पटक पनि सोही प्रक्रियाबाट घटना प्रारम्भिक चरणमै पत्ता लागेको हो ।
कम्पनीले यस्ता ठगीका घटनाबाट सचेत रहन सबै ग्राहकहरुलाई आग्रह गर्दै कुनै पनि अफर वा भुतानी गर्दा आधिकारिक माध्यबाट मात्र गर्न अनुरोध गरेको छ ।
डिसहोमले आगामी दिनमा पनि ग्राहकहरुको हित संरक्षण गर्न तथा यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै निगरानी र नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ ।
