एमाले दलको नेतामा सुहाङ नेम्वाङले प्रस्तुत गरे दाबी

0 Shares

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् । बुधबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार आफू दलको नेता हुनुपर्ने दाबी सुहाङले गरेका हुन् ।

उनले वरिष्ठ नेताहरू, वरीयता र पार्टी विधिको पनि आफूलाई राम्रो हेक्का रहेको उल्लेख गर्दै समयले पनि युवाको नेतृत्व खोजेकाले आफ्नो दाबी रहने बताएका हुन् । एमालेबाट निर्वाचित सांसदमध्ये नेम्वाङ कान्छा सांसद हुन् ।

सम्बन्धित समाचार