बालेनका लागि सुशीलाले छाडिन बालुवाटार

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट सबैजसो सामान निजी निवास धापासी सारिसकेकी छन् । शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा सपथ खुवाउने भएपछि कार्की निजी निवासतिर लागेकी हुन् ।

‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।

नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।

‘कथंकदाचित नयाँ प्रधानमन्त्रीज्यूले आजैदेखि सामान ल्याउँछु भन्नुभयो भने उहाँ आजै पनि आफ्नो घर जान तयार हुनुहुन्छ’, उनले भने । प्रधानमन्त्रीले  घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

सम्बन्धित समाचार