मन्त्रालय घटाएर १८ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै रास्वपा

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्य जुटेको छ । बिहीबार रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘नेताहरूबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको हो, चैत १३ गते नयाँ सरकार बन्छ ।’

उनका अनुसार चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेनले प्रधानमन्त्री पदको शपथ खाने छन् । रास्वपाले सोहीअनुसार संवैधानिक निकायमा पत्राचार गरिसकेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको शपथलगत्तै सबै मन्त्रीको शपथ गराउने तयारी छ । बालेनको नेतृत्वमा १८ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रयास भइरहेको छ ।

‘मन्त्रालयको संख्या कसरी घटाउने गर्ने भन्ने गृहकार्य गरिराखेका छौँ। हाम्रो बाचापत्रमा १८ वटा मन्त्रालय कुरा उल्लेख छ। त्यही १८ को सेरोफेरोमा कसरी मिलाउने भन्नेमा आन्तरिक कामहरू गरिराखेका छौँ’, उनले भने । हाल कायम २२ मन्त्रालयलाई घटाएर बढीमा १८ वटा बनाउने रास्वपाको तयारी छ ।

सम्बन्धित समाचार