कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै, गगन थापाको राजीनामा स्वीकृत होला!

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी कार्यालय सानेपामा बस्ने तयारी भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा फागुन २१ को निर्वाचन समीक्षा, पार्टी हार्नुका कारण र सभापति गगन थापाको राजीनामाबारे छलफल हुने बताइएको छ ।

कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य समिति पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकले पार्टी सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको छ । बैठकमा आगामी दिनमा पार्टीले अपनाउने रणनीतिबारे निर्णय हुनेछ ।

सम्बन्धित समाचार