बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, किशोरले गुमाए ज्यान

0 Shares

डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका २ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा पड्किँदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए ।

आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका उनी बन्दुक पड्किएपछि गम्भीर घाइते भएसँगै उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।

तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका २ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका ४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटना स्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार