0
Shares
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका ११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी अनुसार जीतपुर सिमरा उपमहानगर १९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका ९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।
यसैगरी, भरतपुर महानगर १८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगर २३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।