0
Shares
सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन)ले करिब दोब्बर मतको अग्रता लिएका छन् । बिहीबार सम्पन्न निर्वाचनको हालसम्म गणना भएको सिन्धुली २ को मतमध्ये दाहालले ११ हजार बढी मत पाएका हुन् ।
दाहालले हाल ४ हजार ७५५ मतको अग्रता कायम गरेका छन् । हालसम्म सिन्धुली २ तर्फको मरिण, सुनकोशी, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको वडाको मतगणना गर्दा दाहाललाई ११ हजार ५७२ मत प्राप्त भएको छ ।
उनलाई रास्वपाका आशिष गजुरेल ६ हजार ७८७ मतसहित पछ्याइरहेका छन् । एमाले उम्मेदवार मनोजजंग थापाले ६ हजार ४८१ मत ल्याउँदा कांग्रेसकी सुशीला थिङले ४ हजार ५४२ मत पाएकी छन् ।