निर्वाचन नजिकिँदै गर्दा दुर्गा प्रसाईँ फेरि पक्राउ

0 Shares

काठमाडौं । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्।

आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जगेबुले प्रसाईँ पक्राउ परेको पुष्टि गरे। ‘पक्राउपछि उहाँलाई प्रहरी परिसर भक्तपुरमा राखिएको छ,’ जबेगुले भने।

उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।

राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए।

सम्बन्धित समाचार