ठूलो परिमाणको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक जना महिला पक्राउ

0 Shares

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको विदेशी मुद्रासहित स्वीडिस महिलालाई पक्राउ गरेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय होल्ड ब्यागेज जाँच क्षेत्रबाट स्वीडिस महिला ५१ वर्षीया कुन्चोक खान्द्रो पक्राउ परेकी हुन्।

प्रहरीले उनीसँग अमेरिकी डलर करिब १० हजार ५ सय, युरो २६ हजार ७००, चिनियाँ युआन ७ हजार ४ सय र स्वीडेन क्रोनर ४३ हजार रकम भएको बताएको छ। प्रहरीले करिब ६३ लाख १२ हजार ४०० नेपाली रूपैयाँ बरामद गरेको छ।

प्रहरीका अनुसार खान्द्रो सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाने तयारीमा थिइन्। उनीमाथि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार