क्यासिनो प्राइड लुटपाट प्रकरणः १० जना पुर्पक्षका लागि थुनामा

0 Shares

काठमाडौं । काठमाडौं बौद्धस्थित होटल हायातमा सञ्चालित क्यासिनो प्राइडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

उनीहरूमाथि आपराधिक उपद्रव तथा डाँका चोरी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

थुनामा पठाइएका प्रतिवादीहरूमा दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, कारण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ रहेका छन्।

प्रहरीका अनुसार, घटनामा संलग्न समूहले योजनाबद्ध रूपमा क्यासिनोमा प्रवेश गरी लुटपाट तथा तोडफोड गरेको आरोप छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार