विदेश पठाउने भन्दै ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

0 Shares

काठमाडौं । रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १२ घर भई हाल काठमाडौं महानगर ८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल ललितपुर महानगर ११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै १९ लाख रकम लिइ फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं महानगर ३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

सम्बन्धित समाचार