0
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पुडासैनीबाट घुस लिएको एक लाख ४६ हजार ४२० बरामद भएको छ । त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।