काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दै छिन् ।
सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ ।
यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध बिच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतार चढावका बारेमा खुलेर कुरा गरेकी छन् ।
जुम टिभीसँगको अन्तर्वार्तामा मनिषा कोइरालाले भनिन्, ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन्, उनीहरुको जीवन निकै शान्त हुन्छ, म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ, म केवल आशा गर्न सक्छु कि कम्तिमा मेरो जीवनप्रतिको दृष्टिकोण तीतो नहोस्, मेरो काम त्यसैमा छ ।’
मनिषा फेरि जीवनमा साथी चाहन्छिन् ?
फेरि प्रेम पाउन तयार हुनुहुन्छ वा जीवनसाथी चाहनु हुन्छ ? भनेर सोध्दा मनिषाले भनिन्, ‘म चाहन्छु, म झुट बोल्दिनँ, मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भएको भए, यदि मेरो जीवनमा मेरो साथी भएको भए, मलाई सायद उहाँसँग राम्रो महसुस हुने थियो, तर म धेरै इमान्दार हुनु पर्दछ, म उसलाई पर्खन मेरो समय बर्बाद गर्दिनँ, मेरो भाग्यमा लेखेको भए पाउँछु, होइन भने त्यो पनि ठिक छ, जीवनलाई पूर्ण रुपमा जिउदै छु जस्तो लाग्छ ।’