लोसपा र जसपा फुटेर फेरि जुट्दै, नेतृत्वमा छलफल हुँदै

0 Shares

काठमाडौं । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय नजिकिएसँगै मधेसका दुई शक्तिबीच एकता भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ एकता गर्ने सहमति भएको हो ।

एकता सहमति पत्रमा भनिएको छ, ‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो ।’

एकताबारे थप एकीकृत पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्वबारे केही खुलाइएको छैन । दुवै पार्टी यसअघि एउटै थियो । पछि विभागन भएका यी पार्टी पुनः एकता गर्ने गरी तयारी भएको हो ।

सम्बन्धित समाचार