बालेन-रवि सम्झौतापछि योगेशले भने: भागेर होइन दृढताका साथ चुनौतीको सामना गरौँ

0 Shares

काठमाडौं  ।  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भागेर नभई दृढताका साथ चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै भट्टराईले यस्तो बताएका हुन् ।

उनले भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको भन्दै यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका हुन् ।

यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह गरे । कार्यशैली सुधार गरेर विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरे ।

सम्बन्धित समाचार