0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिकतर्फ) रोकिएका छन् ।
जेलबाट रिहा हुने अदालतको आदेशसँगै भैरहवा जान लागे पनि मौसम खराब हुँदा लामिछाने काठमाडौंमै रोकिएका हुन् ।
बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् । बिहान ७ः५५ बजेको उडान भनिए उडान हुन सकेको छैन ।