0
Shares
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बदली रहने छ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।