0
Shares
काठमाडौं । बझाङ १ (क) को प्रदेशसभामा उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले चार हजार ६६८ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा जम्मा ८८ मतले अगाडि रहेका छन् ।
कांग्रेसका अभिषेक बहादुर सिंह चार हजार ५८० मले दोस्रो स्थानमा रहेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले दुई हजार ४४२ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ६५८ मत पाएका छन् ।
