0
Shares
काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मत गणनामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो परिणाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्मरबहादुर खड्कालाई उछिनेका हुन् ।
परिणामअनुसार एमालेलका उम्मेदवार नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । यसैगरी कांग्रेसका खड्काले दुई हजार १९७ मतका साथ पछ्याएका छन्
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मतका साथ तेस्रो स्थानमा छन् भने र रास्वपा उम्मेदवार मिलन लिम्बुले जम्मा ३७९ मत मात्रै पाएका छन् ।