0
Shares
काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भएको निर्वाचन जारी छ । मतदानमा १० बजेसम्म २० प्रतिशत मत खसेको छ ।
जिल्लाभर शान्तिपूर्ण मतदान प्रक्रिया भइरहे पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अघिल्लो निर्वाचनमा जस्तो मतदान केन्द्रमा योपटक मतदाताको उपस्थिति बाक्लो नभएको उनको भनाइ छ ।
सदरमुकामसहित आसपासका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निकै कम रहेका छन् । इलाम २ मा यो निर्वाचनका लागि एक लाख १५ हजार ८८९ मतदाता छन् ।