0
Shares
काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको हो ।
यसअघि मंगलबार सुनको मूल्य तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो । बुधबार थप बढेर तोलामा दुई लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा तीन हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।