काठमाडौँ । एमए डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा.लि.नेपालको लागि HINDUSTAN PETROLEUM CORPORATION LIMITED को एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक, नेपाल प्रिमियर लिगसँग विशेष साझेदारीमा आबद्ध भएको छ।
आगामी सिजनका लागि एचपी ल्युब्रिकेन्ट्स नेपालकै सबैभन्दा ठूलो क्रिकेट लिग एनपिएलको “Official Lubricant Partner” बन्ने सहमति औपचारिक रूपमा घोषणा गरिएको हो।
साझेदारी सम्झौता टीयू क्रिकेट मैदानमा सम्पन्न भएको थियो। सम्झौतापत्रमा एम।ए।डब्ल्यु इन्टरप्राइजेजका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले हस्ताक्षर गरेका हुन्।
यस सहकार्यले इञ्जिन ल्युब्रिकेसन र क्रिकेट-दुवै उच्च प्रदर्शनको क्षेत्रहरूलाई एकै ठाउँमा जोडेको आयोजकले जनाएको छ। निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित क्रिकेटको स्वभाव एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन ‘Power to Perform’ सँग मेल खाने उल्लेख गरिएको छ।
एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट यात्रामा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै एनपिएलले युवा प्रतिभालाई उकास्ने महत्वपूर्ण मञ्च बनेको बताइएको छ ।
कम्पनीका प्रतिनिधिहरूले भने,“यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो। जस्तै एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यस्तै हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौँ।”