काठमाडौँ । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकमा २० करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १५३८.१६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ९.०३ प्रतिशतले बढेको छ ।
चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च १ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ३।३७ प्रतिशतले घटेको छ ।
चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १५.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ रहेको छ ।