जेनजी आन्दोलनमा फरार ६० किलो सुन तस्करीका आरोपी पक्राउ

0 Shares

काठमाडौं । जेनजी आन्दोलनमा कारागारबाट फरार सुन तस्करीका आरोपित भोजपुरको अरुण गाउँपालिका ४ का ५१ वर्षीय हर्कराज राई पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी ब्रेक प्यान्डमार्फत तस्करी गरेर ल्याइएको ६० किलो सुन प्रकरणमा जोडिएका थिए । उनी पुर्पक्षका रुपमा कारागार चलान भएका थिए ।

सम्बन्धित समाचार