0
Shares
कास्की। कास्कीको पोखरा महानगर ६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिँदा डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ।
अचानक डुङ्गा पल्टिँदा सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय चालक महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगर ३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए।
घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरबोटको सहायताले उनीहरूको सकुशल उद्धार गरिएको थियो।