फोहोर विसर्जनको अवरोध हट्यो, मन्त्री घिसिङको प्रतिबद्धता पछि बञ्चरेडाँडाका स्थानीय सहमत

0 Shares

काठमाडौं। सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीय बासिन्दासँग उनीहरूका माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर विसर्जनमा देखिएको अवरोध हटेको छ।

स्थानीयको ४ दिनदेखिको अवरोधपछि मन्त्री घिसिङ समस्या समाधानका लागि आइतबार बिहान आफैँ बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए। ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले स्थानीयबासी र जनप्रतिनिधिसँग छलफल गर्दै हालसम्म गरिएका सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रीको सोही प्रतिबद्धतापछि स्थानीय फोहोर फाल्न दिन सहमत भएका हुन्।

यसअघि, शुक्रबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल निष्कर्षविहीन भएपछि समस्या ज्यूँका त्यूँ रहेको थियो। फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर घरबाहिर ननिकाल्न सूचना जारी गरेको थियो।

 

सम्बन्धित समाचार