0
Shares
काठमाडौं । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्।
बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका हुन्।
पहिरो हटाइएको र लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए।