0
Shares
काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ । चाँदी मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला तीन हजार ५५ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।