काठमाडौं महानगरले आग्रह- फोहोर घरमै राख्नु

0 Shares

काठमाडौं । काठमाडौं महानगरले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरले सूचना जारी गर्दै घरबाट निस्कने फोहोर सुरक्षित तरिकाले घरभित्रै राख्न आग्रह गरेको हो ।

महानगरको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घर र कम्पाउण्डमा सुरक्षित तवरले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

सम्बन्धित समाचार