टेलिकमले सुरु गर्यो विमानस्थलहरुमा निशुल्क वाइफाई सेवा

0 Shares

काठमाडौं । नेपाल टेलिकमले विमानस्थलहरुमा निशुल्क वाइफाई इन्टरनेट सेवा सुरु गरेको छ ।

टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित निशुल्क वाइफाइ सेवा सुरुवात गरेको हो ।

कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ। टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइफाइ इन्टरनेट सेवाको शुभारम्भ गरेका हुन् ।

फ्रि वाईफाईले विमानस्थलको आगमन, प्रस्थान, भिआईपी लज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा कभर गर्नेछ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सम्बन्धित समाचार