जेनजी आन्दोलनमा नख्खुबाट भागेका कैदीले गरे साथीको हत्या

0 Shares

काठमाडौं । जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक जनाको हत्या गरेका छन् ।

फरार कैदी राप्ती गाउँपालिका १ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङको हत्या गरेका हुन् ।

गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए । प्रहरीका अनुसार उनको १४ गते दिउँसो मृत्यु भएको थियो ।

उनीहरू आपसमा साथी भएको प्रहरीले जनाएको छ । घटनापछि आकाश फरार भएका छन् ।

यसअघि नख्खु जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका १२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमतीको हत्या गरी शव खाल्डोमा पुरेका थिए ।

सम्बन्धित समाचार